जङ्गलमा भेटियो पुरुषको जस्तो देखिने मानव कङ्काल

Posted on: 26 Dec, 2019

पुस १०, काभ्रे | काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका–३ स्थित गैरीभञ्ज्याङको जङ्गलमा मानव कङ्काल फेला परेको  छ | 


बुधबार दिउँसो सो ठाउँमा मानव कङ्काल फेला परेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रविराज पौडेल नेतृत्वको टोलीले घटनास्थलमा पुगेर आवश्यक मुचुल्का उठाएको थियो | शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइसकिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए |

शवको प्रकृति हेर्दा पुरुषको जस्तो देखिएको प्रहरीले जनाएको छ | घटनासम्बन्धी आवश्यक अनुसन्धान अगाडि बढाइसकिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!