वन्यजन्तुको छाला र हतियार सहित बाजुरामा ७ जना पक्राउ

Posted on: 26 Dec, 2019

पुस १०, बाजुरा | बाजुरामा बन्यजन्तुको चोरी शिकारीमा संग्लन ७ जना हतियार सहित  ७ जना पक्राउ परेका छन् | ढिनन्दा नगरपालिका पाण्डुसेनबाट प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उद्धब सिंह भाटले जानकारी दिए |

पक्राउ पर्नेमा बुढिनन्दा नगरपालिका ८ का ५९ बर्षिय आईत बोहरा, ३१ बर्षका बल बहादुर बोहरा, २५ बर्षका मनिचन्द्र बोहरा, ४० बर्षका कबिन्द्र बोहरा, ३२ बर्षका दल कामी, १९ बर्षका पृथ्वी बोहरा र वडा नम्बर १० का ४८ बर्षका पृथ्वीबहादुर सिंह रहेको प्रहरिले जनाएको छ | प्रहरीका अनुसार ४ थान भरुवा बन्दुक बरामद गरिएको छ |

 कबिन्द्र बोहराको घरबाट अबैध रुपमा बन्यजन्तुको शिकार गरी राखेको जंगली जनावरको छाला समेत बरामद गरेको छ | जंगली जनवार थारा, घोरल, रतुवाको ५ थान छाला बरामद गरिएको प्रहरीले जनाएको छ |

उनीहरु बिरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १ सय ३२ बमोजिम हातहतियार खरखरजना सम्बन्धि कसुर मुद्धा दर्ता गरि कानुनी कार्यवाही अगाडी बढाइने प्रहरीले जनाएको छ | हिमाली क्षेत्रमा हिमपातको समय भएकाले चोरीसिकारी बढेपछि प्रहरीले सक्रियता बढाएको जिल्ला प्रहरी प्रमुख भाटले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!