पेस्तोल देखाएर दाङको बबई गाउँपालिका अध्यक्षकी श्रीमतीमाथि हातपात

Posted on: 26 Dec, 2019

पुस १०, दाङ | दाङमा गाउँपालिकाका अध्यक्षकि अज्ञात समूहले  हातपात गरेको छ | जिल्लाको बबई गाउँपालिकाकाका अध्यक्ष भुवनेश्वर पौडेलको घरमा अज्ञात समूहले हतियार देखाएर खानतलासी गरेको हो |

अज्ञात समुहले उनकी श्रीमती कमला पौडेलमाथि बिहीबार बिहान पेस्तोल देखाएर हातपात गरेको छ | बिहीबार विज्ञप्ति निकालेर गाउँपालिकाका प्रवक्ता टङ्कराज विश्वकर्माले अध्यक्षको घर खानतलासी गर्न संलग्नलाई कारबाही गर्न गृह प्रशासनसँग माग गरेका छन् |

हतियारधारी चार जनाको भने पहिचान खुलेको छैन भने प्रहरीले घटना बारे अनुसन्धान गरिरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!