प्रधानमन्त्री ओली फेरी अस्पताल भर्ना

Posted on: 27 Dec, 2019

पुस ११, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् | डायलाइसिसका लागि उनलाई  मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लागिएको हो | श्रोतका अनुसार ओलीलाई नियमत स्वास्थ्य परिक्षणका लागि शुक्रबार दिउँसो सेन्टर लगिएको छ |

केहि बेरमा ओलीको डायलाइसिस हुने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ | प्लाज्मा फेरेसिसले काम नगरेपछि उनले नियमित रूपमा मिर्गौलाको डायलाइसिस गरिरहेका छन् |

१२ बर्ष पहिले ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!