मकवानपुरमा जीप दुर्घटना, ३ जनाको मृत्यु, ६ घाइते

Posted on: 27 Dec, 2019

पुस ११, काठमाडौं | मकवानपुरको रामचन्द्र भञ्ज्याङमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ, भने ६ जना घाइते भएका छन् | मकवानपुर प्रहरीका अनुसार मृतक मध्ये १ जना महिला र २ जना पुरुष रहेका छन् भने मृतकको पहिचान भने खुल्न सकेको छैन |

हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना १ ज ३४३३ नम्बरको जीप सडकबाट ५ सय मिटर तल खसेको हो | सिस्नेरी, छैमले, भिमफेदी र फर्पिङबाट आएको प्रहरी टोलीले घाइतेहरुको उद्धार गरी मनमोहन मेमोरियर अस्पताल फर्पिङमा उपचारको लागि पठाइएको प्रहरी कार्यालयले जानकारी दिएको छ |

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!