बैतडीको कुलाउँ माविको व्यवस्थापन समिति अध्यक्षमा चन्द

Posted on: 28 Dec, 2019

पुस १२ बैतडी | बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ३ को कुलाउँ माध्यामिक विद्यालयको व्यवस्थापन समिति गठन गरिएको छ | समितिको अध्यक्षमा रामबहादुर चन्द चयन भएका छन् | 

शुक्रबार बसेको बसेको अभिभावक भेलाले चन्दको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो | 

यस्तै सदस्य सचिवमा प्रधानाध्यापक मोतीसिंह मंगोला चयन भएका छन् भने सदस्यहरुमा बलबिर जोशी, बिरेन्द्र ओड, बेलु तिवारी, जानकी लुहार, मोहनदत्त भट्ट, मिनबहादुर चन्द र जैमती तिरुवा चयन भएका हुन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!