रोल्पामा बाटो खन्दै गरेको डोजरलाई पहिरोले पुरेपछि चालकको मृत्यु

Posted on: 29 Dec, 2019

पुस १३, रोल्पा | रोल्पामा बाटो खन्दै गरेको डोजरलाई पहिरोले पुरेको छ | बाटो खन्दाखन्दै खसेको पहिरोमा परी चालकको मृत्यु भएको छ |

आइतबार बिहान साढे १० बजेतिर सुनछहरी गाउँपालिका- ५ कोबाङमा बाटो खनिरहेको डोजरलाई पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ |

प्रहरीका अनुसार उद्द्दार गरेर स्वास्थ्य चौकी लैजाँदै गर्दा चालक अन्दाजी ४५ वर्षका हेपेन्द्र नगरकोटीको मृत्यु भएको हो | डोजर चालक प्युठानको झिमरूकका हुन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!