कपिलवस्तु र नवलपुरका वडा कार्यालयमा आगजनी

Posted on: 30 Dec, 2019

पुस १४, नवलपुर | पूर्वीनवलपरासीको कावासोती नगरपालिकाको १४ वडा कार्यालय र कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा गएराति आगजनी गरिएको छ | आगजनी गर्ने समुहको पत्ता लागेको छैन |

प्रहरीका अनुसार आगजनीबाट कावासोती नगरपालिकाको १४ वडा कार्यालयका फर्निचरलगायतका सामग्री जलेका छन् | त्यस्तै कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्याल आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको छ | कागजपत्र, फर्निचरलगायतका सबै सामग्री जलेर नष्ट भएको गाउँपालिकाकी उपाध्यक्ष कन्यावती उपाध्यायले जानकारी दिइन् |

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!