भ्रमण वर्षको रौनकले छोएन रोल्पालाई

Posted on: 31 Dec, 2019

 पुस १५, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सुरु हुन एक दिनमात्र बाँकी छ । यसको तयारीका लागि देशभर विभिन्न कार्यक्रम भइरहेका छन् । तर, रोल्पामा भने भ्रमण वर्षको कुनै रौनक देखिँदैन । पर्यटकीय सम्झावना रहेका थुप्रै गन्तव्य रहे पनि त्यसको प्रचारप्रसार तथा प्रवद्र्धनमा सरोकारवाला निकायहरु उदासीन देखिएका छन् । 

भ्रमण वर्षको तयारीका लागि केही दिनअघि जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाको संयोजकत्वमा तदर्थ समिति गठन गरेर प्रदेशमा पठाए पनि अहिलेसम्म कुनै प्रक्रिया नआएको प्रमुख बुढाले बताए । ‘अहिलेसम्म प्रदेशबाट कुनै कार्यक्रम आएको छैन, यदी कुनै कार्यक्रम तय भएर आयो भने सो अनुरुप तयारी गर्छौं,’ उनले भने । यो समाचार आजको आर्थिक अभियानमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!