अझै चिसो बढ्ने, यस्तो छ मौसम पूर्वानुमान

Posted on: 31 Dec, 2019

पुष १५, काठमाडौँ | पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा आज हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

जम्मु–कश्मिरमाथि रहेको पश्चिमी न्यून चापीय प्रणाली नेपालको पूर्वी भूभागबाट पश्चिमी भेगमा प्रवेश गर्ने भएकाले हिमपातको संभावना रहेको जनाइएको छ । 

सो प्रणाली बुधबार साँझसम्ममा अझै सशक्त भई मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँले बुधबार र बिहीबार देशैभरि बदली भई तापक्रममा घट्ने चिसो बढ्ने बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!