आफ्नै छोरीमाथि बलात्कारको आरोपमा बाबु पक्राउ, अनुसन्धानका लागि म्याद थप

Posted on: 01 Jan, 2020

पुस १६, काठमाडौं | आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका छन् | काभ्रेको मण्डनदेउपुर घर भइ गोंगबु बस्ने ४० वर्षका व्यक्ति पक्राउ परेका हुन् |  छोरीले बाबुविरुद्ध पटकपटक बलात्कार गरेको उजुरी दिएकि छिन् |

पक्राउ पर्ने बिरुद्ध करणीसम्बन्धी कसूरमा अनुसन्धान गर्न बुधबार ७ दिन् म्याद थपिएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालले बताए | उनलाई एक साता अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले म्याद दिएको छ |

उनले आफूमाथि तिन पटक करणी गरेको भन्दै जाहेरी दिएकी छिन् | बुबाको आमासँग राम्रो सम्बन्ध छैन भने २२ वर्षीया छोरी बाबुसँग डेरामा बस्दै आएकी थिइन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!