बझाङमा चाउमिन बनाउँने क्रममा दोपट्टा बेरिएर एक महिलाको मृत्यु

Posted on: 01 Jan, 2020

पुस १६, बझाङ | बझाङको खप्तड छान्ना गाँउपालीका– ४ की २५ वर्षीया पुष्पादेवी श्रेष्ठको चाउमिन बनाउने मेसीनमा दोपट्टा बेरिएर  मृत्यु भएको छ |

जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता ईश्वरीदत्त पाण्डेका अनुसार मंगलबार बेलुका पासा चाउमिन उद्योगमा काम गरिरहेकी श्रेष्ठले ओढेको दोपट्टा चाउमिन मसीनमा फसी घाँटी च्यापिएर उनको मृत्यु भएको हो |

उनको जिल्ला अस्पताल बझाङमा पोष्टमार्टमपछि आज दाहसंस्कार गरिएको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!