बझाङमा हिमपात सुरु, जनजीवन कष्टकर

Posted on: 02 Jan, 2020

सम्राट सिंह | पुस १७, बझाङ | बझाङका उच्च लेकाली भेगमा हिमपात भएको छ | आज विहान देखि बर्षा भएपछि उच्च लेकाली भेगमा हिमपात भएको हो । हिमपात हुँदा अध्यधिक चिसोले उच्च लेकाली भेगमा बसोबास गर्ने बासिन्दाहरुको जनजीवन प्रभावित बनेको छ | 

जिल्लाको साइपाल, सुर्मा, तल्कोट, छविसपाथिभेरा, थलारा, मष्टा गाउँपालिकाका र बुंङगल नगरपालिकाका विभिन्न वडाहरुमा हिमपात भएको जनाएको छ । जिल्लाका उच्च भागमा हिमपात भएपछि  मानिसहरु आगो बालेर बसेका र बस्तुभाउ पनि गोठ भित्र नै थुनिएका मष्टा गाउँपालिकाका कमल सिंहले बताए । 

उनका अनुसार अहिले पनि हिमपात जारी नै रहेको छ । गत बर्षको भन्दा हप्ता पिच्छे नै हिमपात हुन थालेपछि चिसो बढेर जनजीवन निकै कष्टकर बनेको छ ।  हिमपात सँगै आज जिल्लाको विद्युत सेवा पनि अवरुद्घ भएको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!