बाजुरामा जिप दुर्घटना अपडेट: ५ जनाको मृत्यु, २ को अवस्था गम्भीर

Posted on: 02 Jan, 2020

पुस १७, काठमाडौँ | बाजुराको हिमाली गाउँपालिका कर्णाली नदीमा खस्दा  मृत्यु हुनेको संख्या ५ पुगेको छ | दुर्घटनामा ४ जनाको घटना स्थलमै मृत्यु भएको थियो भने एकजना बेपत्ता भएकाको शव फेला परेको प्रहरिल जनाएको छ |

 धुलाचोरबाट कोल्टी जाँदै गरेको से १ ज १०६४ नम्बरको जीप बिहिबार कर्णालीमा खसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए | प्रहरीका अनुसार दुर्घटनामा परेका जना घाइते छन् भने मुगु मुगुकर्मारोक गाउँपालिका-८ का २० वर्षीय गेम्चो लामा र २१ वर्षीय टोर्से लामाको अवस्था गम्भीर छ | 

बाजुरा बुढीनन्दा नगरपालिका-६ की २२ वर्षीया सरू विक र उनकी दुई वर्षीया छोरी सामान्य घाइते छन् | मृतकमध्ये चालक रमेश शाहीको मात्र सनाखत भएको छ | अन्य मृतकको सनाखत भइसकेको छैन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!