‘प्रहरी हौं’ भन्दै धम्क्याउने दुई जना पक्राउ

Posted on: 02 Jan, 2020

पुस १७, काठमाडौँ | बुधबार साँझ ‘हामी ब्यूरोको प्रहरी हौं भन्दै धम्क्याउँदै हिँड्ने २ जनालाई प्रहरीले प्रकाउ गरेको छ | कागेश्वरी नगरपालिका(७ मुलपानी थापागाउँबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो |

सिन्धुपाल्चोक ईन्द्रवती गाउँपालिका घर भई हाल भक्तपुर कमलविनायक बस्ने २६ वर्षीय सुमित श्रेष्ठ र सोही स्थान च्यामासिङ बस्ने २९ वर्षीय राज कुमार नेपालपक्राउ परेका छन् | महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई बा ८५ प ६२७४ नम्बरको मोटरसाइकल, पकेट पर्स ४ थान, मोवाईल ४ थान, चाँदीको सिक्री १ थान र २१ हजार ९ सय ३५ रुपैयाँ सहित फेला पारी नियन्त्रणमा लिएको हो |

उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!