भित्री बस्त्रमा सुन लुकाएर ल्याउने दुई भारतीय पक्राउ

Posted on: 02 Jan, 2020

पुष १७, काठमाडौँ | भित्री बस्त्रमा सुन लुकाएर ल्याउने भारतीय नानगरिकलाई आज प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ । 

अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रामत्रिपाल शाहका अनुसार भारतीय नागरिकले नौलो तरिका अपनाएर एक किलो सुन नेपाल भित्र्याए पनि उनीहरुको योजना प्रहरीले विफल बनाएको छ । सुन तस्करीमा संलग्न दुई भारतीयलाई पक्राउ गरिएको समेत उहाँले जानकारी दिनुभयो ।

सुन लिएर दुबइबाट आएका कासिव मोहम्मदले भारतबाट आएका मुसाफिन मोहम्मदलाई सुन हस्तान्तरण गर्ने क्रममा विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट गालेर पोको बनाएको अवस्थाको एक किलो सुन बरामद भएको छ । विमानस्थलमा राखिएको यन्त्रले समेत सुन पत्ता नलागेपनि प्रहरीले शङ्का लागेर जाँच गर्दा सुन बरामद गरी उनीहरुलाई पक्राउ गरेको जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!