अकूत सम्पत्तिमा धमाधम तानिँदै कर्मचारी

Posted on: 04 Jan, 2020

पुस १९, काठमाडौं । सार्वजनिक पदको दुरुपयोग गरी करोडौँ रुपैयाँ आर्जन गरेको निजामती, प्रहरीलगायत उच्च पदस्थ राष्ट्रसेवकहरु धमाधम अकूत सम्पत्ति छानबिनमा तानिन थालेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ महिनायता झन्डै १ सय ४० जना राष्ट्रसेवक कर्मचारीमाथि अकूत सम्पत्तिमा छानबिन थालेकोमा २० जनाविरुद्ध करोडौँ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिसकेको छ ।

अख्तियारका अनुसार पछिल्लो ६ महिनामा विभिन्न क्षेत्रमा अनियमितता गर्ने २ सय जनाविरुद्ध मुद्दा दायर गरिएको छ । 

अख्तियारको स्टिङ अप्रेसनमार्फत पनि घुस लिँदालिँदै रंगेहात पक्राउ गरी मुद्दा दायर गर्नेक्रम बढाएको छ । यो समाचार आजको राजधानी दैनिकमा सागर पण्डितले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!