पचपन्न केजी गाँजासहित चार जना पक्राउ

Posted on: 04 Jan, 2020

पुस १९, काठमाडौँ । पचपन्न केजी गाँजासहित चार जना पक्राउ परेका छन् । तीन भारतीय  र एक  नेपालीलाई आज मकवानपुरबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । 

करिब २० केजी गाँजासहित मकवानपुरको राक्सीसाङ गाउँपालिका–५ का राजकुमार मोक्तान र ३५ केजी लागुपदार्थसहित भारत मोतीहारीका दिलीपकुमार सिंहसहित अन्य दुई जनालाई आज हेटौँडाको रातमाटेबाट पक्राउ गरिएको हो । पक्राउ परेका भारतीयले आफ्नै देशमा दर्ता भएको निजी कार र अभियुक्त मोक्तानले मालबाहक ट्रक गाँजा तस्करीमा प्रयोग गरेको बताउँदै त्यससम्बन्धमा आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!