बैतडीमा ट्रक दुर्घटना, दशरथचन्द राजमार्ग अवरुद्ध

Posted on: 05 Jan, 2020

पुस २०, बैतडी | बैतडीको दशरथचन्द राजमार्गको अनारखोली खण्डमा शनिबार राति ट्रक दुर्घटना हुँदा यातायात सेवा अवरुद्ध भएको छ |

शनिबार राती करिब ८ बजे अनारखोलीमा ट्रक दुर्घटना भई नालीमा खसेपछि सडक अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ | प्रहरीका अनुसार  जेसिबीले सडक खुलाउने प्रयास भईरहेको छ | 

बर्षा र हिमपातका कारणले संचार सेवा अवरुद्ध हुँदा घटना स्थल पुगेको टोलीसँग सम्पर्क हुन् सकेको छैन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!