ललितपुरमा नुहाउनेक्रममा एक युवतीको मृत्यु

Posted on: 05 Jan, 2020

पुस २०, काठमाडौँ | ललितपुरमा गिजरमा नुहाउने क्रममा बेहोस हुँदा एकजनाको मृत्यु भएको छ |

सातदोबाटोस्थित सरिबा गर्ल्स होस्टेलमा बस्ने पर्साको वीरगन्ज घर भएकी १९ वर्षीया जोनित चौहानको बेहोस भएर मृत्यु भएको हो 

होस्टेलको बाथरुममा गिजरमा नुहाउने क्रममा अचानक बेहोस भएपछि तत्काल पाटन अस्पताल लगिए पनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!