नारी बचतको नवौं साधरणसभा सम्पन्न

Posted on: 05 Jan, 2020




पर्वत । नारी बचत तथा ऋण सहकारी संस्थाको नवौं साधरणसभा आइतबार सम्पन्न भएको छ । विभिन्न संघस्संस्थामा आवद्ध रहेका महिलाहरुद्वारा संचालित उक्त संस्थाले नेपाल सरकारले सहकारी विभागले जारी गरेको नयाँ व्याजदर अनुसार बचतमा  १० प्रतिशत र लगानीमा १६ प्रतिशत लिने निर्णय सर्वसम्मतले पारित गरेको छ ।


सहकारीले हालसम्म भएको लगानी र बचतको बारेमा समेत आफ्नो शेयर सदस्यहरुलाई जानकारी गराएको थियो । सहकारीले १ करोड ४७ लाख ५२ हजार ९ सय ७४  लगानी र  १ करोड १४ लाख ९४ हजार ८ सय ९ बचत  रहेको जनाएको  छ ।

सहकारीकी अध्यक्ष तुप्ला शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक प्रतिबेदन कोषाध्यक्ष मञ्जु शिलाकारले प्रस्तुत गरेकी थिइन । कार्यक्रको स्वागत पूर्व सचिव धना केसी र कार्यक्रमको संचालन सचिव भोजकुमारी शर्माले गरेकी थिइन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!