चितुवाको आक्रमणबाट तनहुँमा एक बालकको मृत्यु

Posted on: 06 Jan, 2020

पुस २१, तनहुँ | तनहुँमा चितुवाको आक्रमणबाट एक बालको ज्यान गएको छ | आँबुखैरेनी गाउँपालिका–१, खरानी गाउँका ८ वर्षीय पुजन सिंजाली मगरको चितुवाको आक्रमणबाट मृत्यु भएको हो | जिल्ला प्रहरी कार्यालय, तनहुँका अनुसार घर नजिक रहेको मामा घरबाट फर्कंने क्रममा चितुवाले आक्रमण गरेको हो |

लामो समयसम्म घर नफर्किएपछि खोजतसाल गर्दै जाँदा घरदेखि पूर्व करिब २०० मिटर भीरमा उनी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ |

चितुवाको आक्रमणबाट तनहुँमा हालसम्म सात बालबालिकाको ज्यान गैसकेको डिभिजन वन कार्यालयले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!