फेरी आज देखि हिमपात र बर्षाको सम्भावना

Posted on: 07 Jan, 2020

पुस २२, काठमाडौँ | नेपालमा फेरि पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण हिमपात र बर्षाको सम्भावना रहेको छ | देशको पश्चिमी भु-भागमा सामान्य बदली र बांकी भु-भागमा आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात  तथा पश्चिमका थोरै स्थानहरुमा साथै मध्य र पुर्वी भू-भागका एक दुइ स्थानमा हल्का वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ |

आइतबार र सोमबार सफा रहेको मौसम फेरी बदली सुरु भएको हो | त्यस्तै मंगलबार राति देशको पश्चिमी, मध्य र पूर्वका पहाडी भूभागहरुमा सामान्य र बाँकी भूभागमा आंशिक बदली हुनेछ | 

पश्चिमी निम्न चापिय प्रणालि भित्रिए सँगै वर्षा/हिमपातको संभावना रहेको कारण देशभर जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउन् मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!