गुल्मीमा गहना लुट्न दुई बुहारी मिलेर गरिन आफ्नै सासूको हत्या

Posted on: 07 Jan, 2020

पुस २२, गुल्मी | गुल्मीमा गहना लुट्न दुई बुहारी मिलेर सासूको हत्या गरेका छन् | जिल्लाको इस्मा गाउँपालिका–३ सिमपानीमा ७६ वर्षीया कौशिला विकको हत्या भएको हो | जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार उनका दुई बुहारी देवी र लक्ष्मी मिलेर सासुको हत्या गरेका हुन् |

गोरु फुकेको भन्दै पुस १७ गते कौशिलालाई गोठमा लगी दाउराले हानेर बेहोस बनाइ नाक र कानमा लगाएका गहना लुटेको प्रहरीको भनाइ छ | उनीहरुले गोरुले हानेर सासू घाइते भएको छिमेकीलाई खबर गरी  गुल्मी अस्पताल लागेका थिए |

उनलाई  तम्घासमा उपचार सम्भव नभएपछि बुटलस्थित प्रादेशिक अस्पताल लागिएको थियो र उनको उपचारकै क्रममा मृत्यु भयो | कौशिलाको टाउकोमा लागेको चोट हेर्दा गोरुले हानेको जस्तो नदेखेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो |

अनुसन्धानका क्रममा दुई बुहारी मिलेर हत्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ | घटना हुने बेला मृतक कौशिलाका श्रीमान भने मासु लिन गएका थिए । त्यही मौका छोपी देवी र लक्ष्मीले सासूलाई गोठमा लगेर दाउराले हानेर बेहोस बनाएर गहना लुटेका हुन् |

दुवै जनालाई हिरासतमा राखेर जिल्ला प्रहरी कार्यालय गुल्मीले अनुसन्धान गरिरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!