केटाको फोन आएपछि १५ वर्षीया किशोरीको हत्या

Posted on: 07 Jan, 2020

पुस २२, पर्सा | पर्साको पोखरिया गाउँपालिका -९ सेमरबारी बस्ने १५ वर्षीया किशोरी पुनिता कुमारीको हत्या आरोपमा चार जनालाई पक्राउ गरेको छ | आमा शिवकली देवी, काका सन्तोष दास तत्वा, राजेन्द्र दास तत्वा र ट्याक्टर चालक जितेन्द्र यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ |

उनका बुबा भने फरार रहेका छन् | मोबाइलमा केटाको फोन आएपछि पुनितालाई कुटपिट गर्दा मृत्यु भएको प्रहरीको भनाइ छ | 'कुटपिटको क्रममा निताको ज्यान गएपछि घरनजिकैको खेतमा गाडेको जस्तो देखिन्छ । जलाएको अवस्थामा केही अवशेष पनि फेला परेका छन् 'एसपी सोमेन्द्रसिंह राठौरले भने |

एक महिनाअघि पुनिता हराएको सूचना प्रहरीमा पुगेपछि प्रहरीले खोजीकार्य गर्दै जाँदा  २१ गते उनको शव फेला पार्यो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!