कुन-कुन ठाउँमा हुँदैछ हिमपात ? यस्तो छ मौसम पूर्वानुमान

Posted on: 08 Jan, 2020

पुस २३, काठमाडौँ | नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभावले देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिम र मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम बर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ |

महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ | पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ |

हिमपात र बर्षा संगै देशका विभिन्न स्थानमा जाडो बढेको छ | भने तराईमा हुस्सु र हिमालमा हिमपात भइरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!