दोलखामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on: 08 Jan, 2020

पुस २३, दोलखा | दोलखामा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ | जिल्लाको भिमेश्वर नगरपालिका-३ बसपार्क नजिकै डेरा गरी बस्ने रामेछाप नगरपालिका-४ घर भएका २२ वर्षीय यमराज मगरको मृत्यु भएको हो |

मङ्गलबार राति  भिमेश्वर नगरपालिका-३ स्थित सडकमा ना.६ त १८१३ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ |

प्रहरीका अनुसार उनको धुलिखेल अस्पताल काभ्रेमा उपचारको क्रममा मृत्यु भएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!