बिहानैदेखि मन्थलीमा सडक अवरुद्ध

Posted on: 20 Apr, 2016

बैशाख ८, रामेछाप ।

सदरमुकाम मन्थलीको खादँबारीमा सडक अवरुद्ध हुदाँ यात्रु समस्यामा परेका छन् । मदनआश्रीत चोकमा मंगलबार साँझ बसले मोटरसाइकललाई ठक्कर दिदा मृत्यु / घाइते भएका व्यक्तिका आफन्त तथा स्थानीयबासीले सडक अवरुद्ध गरेका हुन् ।  

madan aashit

पिडित परिवारलाई क्षतिपूर्ति र घाइतेको औषधी उपचारको माग गर्दै प्रदर्शन गरेपछि बिहानैदेखि जनजीवन प्रभावित भएको छ । बिहान ७ बजेदेखि सडक बन्द गराएपछि मन्थलीबाट काठमाडौं जाने गाडीहरु मन्थली बसपार्कमा र काठमाण्डौबाट आएका सवारी साधन भैसेश्वरमा रोकिका छन् ।

bas

विवाहको जन्ती बोकेर आएको विपी यातायातको ना४ख ९००५ नम्बरको बसले मन्थलीको भैसेश्वरबाट मन्थली बजारतर्र्फ आउँदै गरेको बा३४प ७६५४ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा वाइकको पछाडी सवार रहेको रामेछाप गेलु–२ निवासी भिमबहादुर थापाको मृत्यु भएको थियो भने मोटरसाइकल चालक नारायणहरी सुवेदि गम्भीर घाइते भएका थिए । मृतकको उचित क्षतिपूर्ति र घाइतेको उपचारको व्यवस्था भएसम्म सवारी यातायात सञ्चालन हुन नदिने प्रदर्शनकारीले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!