बैतडीका एक किशोर डडेल्धुरामा मृत भेटिए

Posted on: 09 Jan, 2020

पुस २४, डडेल्धुरा | डडेल्धुरामा एक किशोर मृत भेटिएका छन् | बैतडीको मेलैलीका तेजबहादुर चन्दका छोरा अन्दाजी १९ वर्षीय केशवबहादुर चन्द अमरगढी–५ बागबजारमा  मृत भेटिएका हुन् | बागबजारको पुरानो सम्बन्ध होटलमा कारिगरको रुपमा कार्यरत चन्द मृत भेटिएको प्रहरीले जनाएको छ |

बिहीबार बिहान होटलमा दूध ल्याउने महिलाले झ्यालबाट चन्दलाई झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको हो | अहिले मेलैलीबाट आफन्त आउन लागेकाले उनको शव कोठामै रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताएका छन् |

शव  पोष्टमार्टमपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरीको भनाइ छ | उनी विगत ५ महिना देखि उक्त होटलमा काम गर्दै आएका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!