आज राति चार घण्टा चन्द्रग्रहण लाग्दै

Posted on: 10 Jan, 2020

पुस २५, काठमाडौँ | आज राति  चार घन्टा बढी चन्द्रग्रहण लाग्ने भएको छ | सन् २०२० को पहिलो चन्द्रग्रहण राति दस बजेर ५२ मिनेटमा सुरू हुने चन्द्रग्रहण १२ बजेर ५५ मिनेटमा मध्य हुनेछ भने राति २ बजेर ५६ मिनेटमा सकिने छ |

नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार आज लाग्ने खग्रास वा खण्डग्रास नभई ‘पेनम्ब्रल’ चन्द्रग्रहण हो | यो पेनम्ब्रल चन्द्रग्रहण नांगो आँखाले हेर्दा ग्रहण लागेको ठम्याउन सकिंदैन | सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्छ | चन्द्रग्रहण भनेको पृथ्वीको छाया चन्द्रमामा पर्नु हो जुन सघन र विरल हुन्छ | चन्द्रमामा पृथ्वीको सघन छाया परेमा खग्रास वा खण्डग्रास चन्द्रग्रहण हुन्छ भने बिरल छाया पर्दा पेनम्ब्रल चन्द्रग्रहण हुन्छ |

वैज्ञानिकहरूलाई यो ग्रहण अध्ययनको विषय हुने भएकोले महत्वपूर्ण रहने उनले बताइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!