काठमाडौँमा २ दिन खिचरी महोत्सव

Posted on: 11 Jan, 2020

पुष २६, काठमाडौँ | बिगतका बर्ष झैँ यस बर्ष पनि काठमाडौँमा रहेका थारुले खिचरी महोत्सव आयोजना गर्ने भएका छन् । थारु कल्याणकारिणी सभा काठमाडौँको आयोजनामा संचालन हुने महोत्सव  दुई दिन संचालन हुने आयोजकले बताएका छन् ।

महोत्सवमा पुर्व, मध्य र पश्चिमी थारुको भेषभुषा, खानाका परिकार, पुस्तक, गहना, नृत्य लगायतका कुराहरु प्रस्तुत गरिने आयोजकले बताएकोछ ।

महोत्सवमा झन्डै ५० हजार मान्छे सहभागी हुने आयोजकले बताएकोछ । टुँडिखेलमा आयोजना हुने कार्यक्रम निशुल्क हेर्न सकिनेछ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!