लायन्स गुप्तेश्वरले गर्यो दन्त शिविर

Posted on: 11 Jan, 2020


शिला पाण्डे ।  लायन्स क्लब अफ पर्बत गुतेश्वरको आयोजनामा जिल्ला अस्पताल पर्बत र युगल डेन्टल सेन्टरको प्रबिधिक सहयोगमा  एक दिने निशुल्क दन्त शिविर सम्पन्न भएको छ ।

कुस्मा नगरपालिका ११ पकुवामा रहेको बीरेन्द्र उच्च माबि  उक्त शिविर भएको हो । विद्यालयमा रहेका एक सय विद्यार्थीहरुको निशुल्क रुपमा दन्त परिक्षण गरिएको हो ।

कुश्मा नगरपालिका ११ पकुवाका वडा अध्यक्ष शिव पौडेलले विद्यालयमा दन्त शिविरको आयोजना गरेर लायन्स क्लबले राम्रो गरेको बताए । बालबालिकाले बढिमात्रामा गुलियो प्रयोग गर्ने भएकाले दाँतमा धेरै समस्या देखिने र दाँत शरिरको अभिङ्ग अंग भएका कारण दाँतको हेरविचार गर्नुपर्ने आवश्यक रहेको उनले बताए ।

क्लबकी  अध्यक्ष मुना शर्मा लामीछानेले  दाँतको उपचारमा हामीले हेलचक्राई गरिने र दुखेपछि मात्र अस्पताल जाने गर्दा  धेरैले दाँत बिग्रको बताउदै नियमित दाँतको  उपचार गर्नु पर्ने बताइन ।

उक्त कार्यक्रममा बिधलय व्यबस्थापन समितिका अध्क्षय रमेश बम मल्ल, कुनपा ११ का जनप्रतिनिधी बाबुराम पौडेल   लायन्स डिस्ट्रिक्ट ३१५ बि १ का डिपाट्मेन्ट अफिसर कमल शर्मा, जोन चियरप्रसन गोबिन्द सुबेदीले आआफ्नो धारणा राखेका थिए ।


कार्यक्रममा स्बागत  मन्त्बय क्लबका सदस्य एवं  कार्यक्रममा संयोजक मिना शर्माले र संचालन सचिब धनराज वि पौडेल गरेका थिए ।

दन्त शिबिरमा पर्बत अस्पतालमा  डाक्टर सुदिप सुबेदी . युगल डेन्टलका विपना बराल  र गोबिन्द शर्मा ले बिधार्थीको दाँतको स्वास्थ्य परिक्षण गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!