बौद्धमा गुण्डा नाईके लामालाई गोली प्रहार

Posted on: 12 Jan, 2020

पुष २७, काठमाडौँ | काठमाडौंको बौद्धमा गोली चलेको छ । फरार रहेका गुण्डा नाइके विष्णु लामालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो । 

महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीसँग जम्काभेट भएपछि लामा भाग्न खोजेका थिए । सोहि क्रममा प्रहरीले उनीमाथि गोली चलाएको हो ।

विशेष सूचनाको आधारमा जम्भुडाँडा गएको टोलीले तामाङलाई भेटेको थियो । लामा भाग्न खोजेपछि उनलाई प्रहरीले घुँडामुनि गोली हानेको हो ।

प्रहरीले उनलाई उपचारको लागि वीर हस्पिटल पठाएको छ । सिन्धुपाल्चोक घर भएका लामाले पछिल्लो पटक जोरपाटीमा एक बालिकालाई चिर्पट हानेर हत्या गरी फरार भएका थिए । त्यस्तै जोरपाटीस्थित नेपाल मेडिकल नजिकै एक जनालाई खुकुरी हानेर घाइते बनाएको आरोप पनि उनीमाथि छ । 

त्यस्तै, ०७३ सालमा सिन्धुपाल्चोकमा भएको विवादका क्रममा एक महिनाले पिठ्यूँमा बोकेको १७ महिने बालिकाको हत्या गरेको अभियोग पनि तामाङमाथि छ । 

लामाले काठमाडौंको जोरपाटी आसपास आधार क्षेत्र बनाएर विभिन्न व्यक्तिहरुसँग चन्दा संकलन गर्ने र धम्की दिँदै आएको पनि प्रहरीले बताएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!