नेपाल लेखापढी कानुन ब्यबसायी एसोशियसन रामेछापको अध्यक्षमा श्रेष्ठ

Posted on: 30 Apr, 2016

बैशाख १८, प्रज्वल पौडेल, रामेछाप । नेपाल लेखापढी कानुन ब्यबसायी एसोशियसन रामेछापको अध्यक्षमा कोमल बहादुर श्रेष्ठ चयन हुनुभएको छ । सदरमुकाम मन्थलीमा शनिबार भएको आठौ अधिबेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यिय कार्यसमिति चयन गरेको हो । नब गठित कार्यसमितिको उपाध्यक्षमा मनोज थापा, सचिवमा भक्त मानन्धर, कोषाध्यक्षमा वीर बहादुर तामाङ रहनुभएको छ । समयावधि भन्दा एक बर्ष ढिला अधिबेशन सम्पन्न भएको सदस्य हरिशरण सुवेदीले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!