पुस २८, काठमाडौं | शिवानन्द स्वामी नामले परिचित दीपक भण्डारीलाइ ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ |
उनले शिष्यलाई विदेश पठाइदिन्छु भन्दै रकम असुली गरेका थिए | विदेश नपठाएको भन्दै महाशाखामा ४ जना शिष्यले उनीविरुद्ध उजुरी दिएको महानगरीय प्रहरी महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए |
घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ | भण्डारीले आफूलाई तन्त्रविद्याको विज्ञका रुपमा प्रहरीसँग परिचय गराएका छन् |
यस बिषयमा तपाइको प्रतिक्रिया...!