म्याग्दीमा थ्री नट थ्री राइफलसहित एक जना पक्राउ

Posted on: 13 Jan, 2020

पुस २८, म्याग्दी | म्याग्दीको बेनी नगरपालिका-२ भकुण्डेबाट थ्री नट थ्री राइफलसहित एक जना पक्राउ परेका छन् | आइतबार राति ३० वर्षीय रेशम सापकोटालाइ प्रहरीले पक्राउ गरेको हो |

उनको घरमा छापा मार्दा ८९४० नम्बरको सो राइफल एक नाल, सोको म्याग्जिनमा लोड भएको गोली सात राउण्ड, लोड गरी राखिएको भरुवा बन्दुक एक थान र सोको बारुद छर्रा तीन डब्बा फेला परेको प्रहरीले जनाएको छ |

जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले सापकोटाको घर तलासी गर्दा उक्त हातहतियार भेटिएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!