कहाँ थिए एक बर्ष सम्म बसभित्रै हस्तमैथुन गरि युवतीको कपालमा विर्य स्खलन गर्ने युवक ?

Posted on: 14 Jan, 2020

पुस २९, काठमाडौँ | सार्वजनिक बसभित्र हस्तमैथुन गरेर महिलाको कपालमा विर्य स्खलन गर्ने एक युवक एक बर्ष पछि पक्राउ परेका छन् |  भिडियो २०७५ साल साउनमा खिचिएको थियो भने ६ महिनापछि सामाजिक सञ्जालमा रबिन रुचालको नामबाट सार्वजनिक भएको थियो |

चितवका २१ वर्षीय रबिनले पैसा कमाउने उद्देश्यले भिडियो खिचेर सामाजिक संजालमा राखेको प्रहरीको भनाइ छ | उनी घटनालगत्तै भारत फरार भएका थिए | सात महिना अघि नेपाल फर्किएका रबिनलाई महानगरीय अपराध महाशाखाको टोलीले चितवनबाट पक्राउ गरेको हो |

सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ६ महिनापछि मात्रै पीडितले प्रहरीमा जाहेरी दिएपछि घटनामा संलग्नको खोजी गरि प्रहरीले पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ | काठमाडौँको बानेश्वरमा बस्दै आएका रबिनले रिक्सा चलाउने काम गर्थ्यो |

घटनापछि भारत भागेका रबिनले दिल्ली पुगेर एक मोमो फ्याक्ट्रीमा ३ महिना काम गरेका थिए | त्यँहाबाट भारतको कश्मिर गैर ४ महिना बसेका थिए | उनी तिन चार महिना अघि मात्रै चितवन आएका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!