डडेल्धुरामा सामाजिक द्धन्द्ध बढ्ने खतरा

Posted on: 29 Jun, 2016

डडेल्धुरामा सामाजिक द्धन्द्ध बढ्ने खतरा 

लालित बोहरा | असार १५, डडेल्धुरा | स्थानिय शान्ति समिति डडेल्धुरामा ५ सय ६ वटा उजुरी दर्ता भएका छन । बेपत्ता छानविन आयोग तथा सत्य निरुपण मेलमिलाप आयोगको आह्वान अनुसार डडेल्धुरा जिल्लामा ५ सय ६ वटा उजुरी परेका हुन । शान्ति समितिमा ४२ वटा बेपत्ता छानविन र चार सय ६४ वटा सत्य निरुपण तथा मेलमिलाप सम्बन्धि उजुरी परेको स्थानिय शान्ति समिति डडेल्धुराका संयोजक गजेन्द्र शाहीले जानकारी दिएका छन । संयोजक शाहीका अनुसार गत वैशाख २ गतेदेखि लिन थालिएको उजुरी असार मसान्त सम्म दिन सकिनेछ ।

यसैबिच डडेल्धुरा जिल्लामा सामाजिक द्धन्द्ध बढ्ने खतरा प्रति सरोकारवालाले सजग गराएका छन । डडेल्धुरामा मगंलबार गरिएको शान्ति प्रवद्र्धन कार्यक्रमको समिक्षा तथा सरोकारवालाहरुको भूमिका बिषयक छलफल तथा अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन । डडेल्धुरा जिल्लाका विभिन्न गाविसमा सञ्चालित बिकास निर्माण, खानेपानी र बन उपभोगमा भइरहेको विबादका कारण सामाजिक द्धन्द्ध बढिरहेको सहभागिहरुको भनाई छ । शान्ति तथा पूर्ननिमार्ण मन्त्रालयको सहयोगमा स्थानिय शान्ति समिति डडेल्धुराद्धारा आयोजित कार्यक्रममा बोल्दै प्रमूख अतिथि तथा सहायक प्रमूख जिल्ला अधिकारी करुणाकर अवस्थीले व्यक्तिगत स्वार्थपुर्तिका लागि समाजमा द्धन्द्ध सिर्जना गरिरहेका ब्यक्तिहरुलाई सचेत गराउनु आवश्यक रहेको बताएका छन ।

स्थानिय शान्ति समिति डडेल्धुराका संयोजक गजेन्द्र शाहीले सविंधान निर्माण पश्चात पनि राज्यका केही नीतिका कारण समाजमा तिक्तता र बैमनस्यता कायमै रहेको बताएका छन ।

समाजमा कायम रहेका बिवाद बेलैमा साम्य नभए सामाजिक सद्भाव समेत खलबलिने सहभागिहरुको सुझाव छ । कार्यक्रममा शान्ति समितिका संयोजक द्धन्द्ध पीडित र सरकारी निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!