ससुराली हिँडेका श्रीमती र दुई छोरासहित त्रिशुलीमा हाम्फालेका विनयमात्रै बाँचे

Posted on: 17 Jan, 2020

माघ ३, काठमाडौँ | ससुराली हिँडेका काठमाडौंका एक युवाले त्रिशुली नदीमा हाम फालेका छन् | बिहीबार चन्द्रागिरि नगरपालिका-४ का ३५ वर्षीय विनय लामिछानेले  त्रिशुली नदीमा श्रीमती र दुई छोरासहित हाम्फालेका हुन् |

उनकी ३० वर्षीया श्रीमती जमुनाको मृत्यु भएको छ | जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार दुई वर्षीय छोरा विजन र छ महिनाका छोरा अझै बेपत्ता छन् | श्रीमती जमुनाको शव भने फेला परेको छ |

धादिङको बेनीघाट रोराङ गाउँपालिका बाँदरस्थित त्रिशुली नदीको झोलुंगे पुलबाट उनी श्रीमती र छोरासहित हाम्फालेको प्रहरीले जनाएको छ | उनलाई प्रहरीले हाम फाले लगत्तै उद्दार गरेको थियो |  केही समयपछि श्रीमतीको शव नदी किनारमा फेला पारेपनि दुई नाबालक भने बेपत्ता भएका छन |

उनी श्रीमती र छोरासहित  दिउँसो दुई बजे  थानकोटबाट  हिँडेको प्रहरीले जनाएको छ | ससुराली घर नजिक आउन लागेपछि उनले किन हाम्फाले भन्नेबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ | इलाका प्रहरी कार्यालय गजुरीका अनुसार उनी भने सकुसल छन् | उनले व्यापारमा एक वर्षभित्र डेढ करोड रूपैयाँ घाटा भएपछि आफूले आत्महत्या गर्न खोजेको बताएका छन् |

इलाका प्रहरी कार्यालय गजुरीमा रहेका उनले व्यापारमा एक वर्षभित्र डेढ करोड रूपैयाँ घाटा भएपछि आफूले आत्महत्या गर्न खोजेको बताएका छन् | उनले थानकोटको आफ्नो घरमा सुसाइड नोट छोडेको भेटिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!