सेनाको हेलीकोप्टर मार्फत बझाङमा सुत्केरी महिलाको उद्धार

Posted on: 19 Jan, 2020

माघ ५, बझाङ | बझाङमा नेपाली सेनाको हेलीकोप्टर मार्फत सुत्केरी महिलाको उद्धार गरिएको छ | जिल्लाको थलारा गाँउपालिका वडा नम्बर ८ की सरीता सिंहलाई आइतबार दिउँसो सेनाको हेलिकोप्टर मार्फत उद्दार  गरिएको हो |

शनिबार नै सुत्केरी भएकी सरीताको पेट फुल्ने समस्या र पाठेघरमा रगत देखा परेपछि नेपाली सेनाको हेलिकोप्टर मार्फत नेपालगंज रेफर गरिएको जिल्ला अस्पताल बझाङले जनाएको छ | जिल्ला अस्पतालमा सल्यकृया गर्दा उनको झण्डै एक फिट सानो आन्द्रामा गम्भिर संक्रमण भई काम नलाग्ने अवस्थामा पुगेको फेला परेपछि तत्कालै रेफर गरिएको बताइएको छ |

उनको एक सन्तान ४ बर्षको छ भने  शनिबार दोश्रो सन्तान जन्माएकी छिन् | बझाङ  जिल्लाबाट सिंह सहित यो आर्थिक बर्षमा ४ जना सुसत्केरी महिलाको नेपाली सेनाको हेलीकोप्टर मार्फत उद्धार गरिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!