यस्तो छ आगामी तिन दिनको मौसम पूर्वानुमान

Posted on: 20 Jan, 2020

माघ ६, काठमाडौँ | नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको अझै प्रभाव रहेका कारण उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिमपात र बर्षाको सम्भावना रहेको छ | मौसम पुर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पूर्वी भू-भागमा सामान्य बदली रहेको छ भने अन्य पहाडी भू-भागमा आंशिक बदली रहेको छ। तराईका भू-भागहरूमा बाक्लो हुस्सु/कुहिरो लागेको छ |

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान 

माघ ६ गते (सोमबार) 

दिउँसो : पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ भने देशका मध्य र पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिम र मध्यका उच्च पहाडी भेगमा हल्का देखी मध्यम हिमपातको सम्भावना रहेको छ।

रातीः  देशका पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। पूर्व र मध्यका तराई भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ।

माघ ७ गते (मंगलबार) 

दिउँसो : देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी र मध्य भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ।

रातीः  देशको पूर्वी भू-भागमा सामान्य देखि पूर्ण बदली रही मध्य तथा पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ।

माघ ८ गते (बुधबार) 

दिउँसो :  पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीः  पूर्वी नेपालमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी भेगका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!