बैतडीमा वडा अध्यक्षको निधन

Posted on: 20 Jan, 2020

माघ ६, बैतडी | बैतडीमा एक वडा अध्यक्षको निधन भएको छ | जिल्लाको डिलाशैनि गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष प्रमलसिंह बोहराको निधन भएको हो | उनी नेकपा बैतडी जिल्ला कमिटी सदस्य पनि हुन् |

मुटु र फोक्सो सम्बन्धीका विरामी समेत रहेका बोहोराको आज मठैराज स्थीत घरमै निधन भएको डिलासैनी गाउँपालिकाका अध्यक्ष उकेन्द्रबहादुर बोहराले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!