दीपक मनाङेले दिए यस्तो प्रतिक्रया

Posted on: 22 Jan, 2020

माघ ८, काठमाडौँ | गण्डकी प्रदेशसभाका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड आफुले नभइ मुख्यमन्त्रीले हान्नु पर्ने बताएका छन् | उनले मंगलबार पोखरामा मुख्यमन्त्री कप फुटबलको उद्घाटनका क्रममा गुरुङलाई झपड हानेका थिए |

बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै एन्फा कास्कीका अध्यक्ष गुरुङले मनाङ्गेविरुद्ध प्रहरीमा उजुरी दिने बताएका छन् |  मनाङेले पनि पत्रकार सम्मेलन गर्दै भने,‘ठगलाई मैले झपड नहानेर मैले माला लगाइदिऊँ त ? उनले भ्रष्टाचार गरेको भए कारबाही गर्ने निकै छ नि ? भन्ने प्रश्नमा झप्पड पनि कारबाही हो भने |

झापड हानेर ठीक गरें भन्न खोज्नु भएको हो ? झपड हानेर आफुलाई मजालागेको बताए | उनले भने, तपाईंलाई नराम्रो लागेको छ भने लेख्नुस् न यार ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!