एन्फा कास्कीका अध्यक्षले दिए दीपक मनाङ्गे विरुद्ध प्रहरीमा जाहेरी

Posted on: 22 Jan, 2020

माघ ८, कास्की | गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ( दीपक मनाङ्गे) विरुद्ध अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले जाहेरी दिएका छन् | मंगलबार पोखरामा उद्घाटन गरिएको मुख्यमन्त्री कप फुटबलमा गुरुङलाई झपड हानेका थिए |

उनले खेलाडीहरुलाइ खाने बस्ने व्यवस्था नगरेको भन्दै झपड हानेको बताएका थिए | यता अध्यक्ष मिलन गुरुङले भने मनाङ्गेले वार्ता गर्नुको साटो खेल मैदानमा नै कुटपिट गरि अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएका हुन् |

अध्यक्षले दिएको जाहेरी आएको र दर्ता हुन् बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले बताएका छन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!