बाजुराको गौमुल गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु्

Posted on: 23 Jan, 2020

माघ ९, बाजुरा | बाजुराको गौमुल गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु् भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–१ दुर्गालीका ५३ वर्षीय झिर्के रोकाया रहेको प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले जानकारी दिनु भएको छ । 

उहाँले दिएको जानकारी अनुसार दुर्गाली गाउँबाट आफन्त भेट्न जाने बेलामा सोही गाउँ नजिकैको भीरबाट बिहीबार विहान ९ बजे लडेर मृत्यु भएको बताउनु भयो । ढिलो गरी खवर आएकाले घटनास्थलमा इलाका प्रहरी कार्यालय गौमुलको टोली पठाइएको छ । घटनास्थलमा पुग्न प्रहरीलाई चार घण्टा लाग्ने प्रहरीको भनाई रहेको छ ।

सदरमुकाम मार्तडीबाट घटना भएको ठाउँ पुग्न एक दिन लाग्छ । घटनास्थलमा प्रहरी गएकाले मृतकको पोष्ट मार्टमका लागि जिल्ला अस्पताल बाजुरामा ल्याउने प्रहरी नायव उपरिक्षक भट्टराईले  बताउनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!