बलात्कारका आरोपित सिद्धबाबा भारत फरार

Posted on: 23 Jan, 2020

माघ ९, काठमाडौँ | आफ्नै अनुयायीमाथि बलात्कार गरेको मुद्दा खेपिरहेका सिद्धबाबा भनिने कृष्णदास गिरी भारत फरार भएका छन् | बिहीबार दिउँसो १ बजे उनी ग१च ८१५७ नम्बरको पजेरो चढेर जोगबनीबाट उनी भारत गएका हुन् |

बडिगार्ड प्रहरी हवल्दार मुकेश साहलाई नेपालपट्टि ओर्लाएर कृष्णदास भारत गएको प्रहरीले जनाएको छ | उनी केहिदिन यता भारत आउने जाने गरेका थिए | आज अदालतमा थुनछेक बहस चलिरहेको बेला सुटुक्क भारत गएका हुन् |

उनी आफ्नो आश्रमबाट बिहान उच्च अदालत जाने भन्दै हिँडेका थिए | अदालत नगई उनी सोझै जोगबनी पुगेको प्रहरीको भनाई छ | कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि गिरीलाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!