माघ १०, काठमाडौँ | नेपालको पुर्बी भूभाग नजिक निम्न चापीय रेखा रहेको कारण हल्का बर्षा र बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ | शुक्रबार पश्चिम र मध्य तराईका थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ |
माघ १० गते (शुक्रबार)
दिउँसो : देशको पुर्वी भू-भागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बादली रही बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ |
रातीः देशको पुर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बादली रही बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
माघ ११ गते (शनिबार)
दिउँसो : देशका अधिकांस स्थानमा आंशिक बदली रहनेछ |
रातीः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि स्थानमा सामान्यतया सफा रहनेछ।
माघ १२ गते (आइतबार)
दिउँसो : देशको मध्य र पुर्वि भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि स्थानमा आंशिक बादली रहनेछ।
रातीः देशको मध्य र पुर्वि भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि स्थानमा आंशिक बादली रहनेछ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!