प्रहरीले पायो दीपक मनाङ्गेलाई दुई दिन हिरासतमा राख्न अनुमति

Posted on: 24 Jan, 2020

माघ १०, काठमाडौं |  गण्डकी प्रदेशका संसद दीपक मनाङ्गेलाइ हिरासतमा राख्न  प्रहरीले दुई दिन अनुमति पाएको छ | अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय कास्कीले दुई दिन थुनामा राख्न अनुमति दिएको हो |

कास्की जिल्ला एन्फाक अध्यक्ष मिलन गुरुङले आफूमाथि कुटपिट गरेको भन्दै उजुरी दिएपछि मनाङ्गे बिहीबारलाई पक्राउ परेका थिए | मनाङ्गेले फू जेका लागि लडेर सफल भएको बताएका छन् | मनाङ्गेविरुद्ध अभद्र व्यवहार सम्बन्धी जाहेरी दिने जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ | 

प्रहरीले शुक्रबार बैंकिङ कसूर मुद्दामा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!