युवतीलाई जिस्क्याउने दुई जना पक्राउ

Posted on: 24 Jan, 2020

माघ १०, बारा | युवतीलाई पटक-पटक फोन गरेर जिस्क्याएको आरोपमा दुइजना पक्राउ परेका छन् | बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १८ की युवतीलाई जिस्क्याउने र अभद्र व्यवहार गरेको आरोपमा  उनीहरुलाई प्रहरीले पक्राउ गरको हो |

पिडित युवतीले दिएको उजुरीको आधारमा प्रहरीले बारा देवताल गाउँपालिका २ बस्ने अखिलेश यादव र भारत बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला घोडासहन थाना बस्ने इन्दल यादवलाई पक्राउ गरेको हो | उनीहरुलाइ कलैयाबाट पक्राउ गरेर जिल्ला प्रशासन कार्यालय बारा ल्याइएको प्रहरीले जनाएको छ |

घटनाबारे जिल्ला प्रशासन बाट अभद्र व्यवहार मुद्दामा ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!