नेपालमा कोरोना भाइरसको संक्रमण थप दुई जनामा भएको आशंका

Posted on: 26 Jan, 2020

माघ १२, काठमाडौँ | थप दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ | चीनबाट नेपाल फर्किएका दुई जना बिरामीलाई स्वास फेर्न गाह्रो र खोकी लाग्ने समस्या भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका थिए |

कोरोना भाइरसको आशंकामा एकजना महिला र एकजना पुरुषको परिक्षणको लागि स्याम्पल हङकङ पठाएको अस्पतालले जनाएको छ | त्यस्तै दुई जनाको टेकु अस्पतालको आइसोलेनस वार्डमा उपाचार भइरहेको छ | 

शुक्रबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरि कोरोना भाइरस नेपालमा एक बिरामीमा देखा परेको जानकारी दिएको थियो | हाल सम्म कोरोना भाइरसको सङ्क्रमबाट ५६ जना मृत्यु भइसकेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!